Schedule 10A
. संक्षिप्त प्रज्ञापनपत्रको ढाँचा

(नियम ६०क. सँग सम्बन्धित)
सङ्क्षिप्त प्रज्ञापनपत्रको ढाँचा
नेपाल सरकार
अर्थ मन्त्रालय, भन्सार विभाग
सङ्क्षिप्त प्रज्ञापनपत्र
………भन्सार कार्यालय (आगमन कक्ष/यात्रु शाखा)

सङ्क्षिप्त प्रज्ञापनपत्र भर्नुअघि ध्यान दिनुपर्ने कुराहरू
१. यो सङ्क्षिप्त प्रज्ञापनपत्रमा पैठारीकर्ताको नाम, ठेगाना, बीजक भएमा सोको नम्बर र मिति, कुल बीजक मूल्य तथा फारामको महल २ देखि ४ सम्मका विवरणहरू मात्र मालधनीले भरी फारामको निर्धारित स्थानमा दस्तखत गरी मिति उल्लेख गर्नु पर्नेछ । अन्य महलहरू भन्सार कार्यालयको प्रयोजनका लागि भएकाले मालधनीले भर्नु पर्दैन ।
२. यो सङ्क्षिप्त प्रज्ञापनपत्रबाट निजी प्रयोगका रु ५०००। सम्म भन्सार मूल्य भएका मालवस्तु वा यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचनामा समदरमा महसुल तिरी ल्याउन पाउने भनी उल्लेख भएका मालवस्तुहरू मात्र पैठारी गर्न सकिनेछ । यसबाट ब्यापारिक प्रयोजनका मालवस्तु पैठारी गर्न पाइने छैन र ब्यापारिक कारोवारका सम्बन्धमा प्रमाणको रूपमा यसलाई स्वीकार गरिने छैन ।
३. बिमानस्थल भन्सार कार्यालयको आगमन कक्ष वा स्थलमार्ग भन्सार कार्यालयहरूका यात्रु शाखाबाट पैठारी हुने सि.नं. २ मा उल्लेख भए बमोजिमका मालवस्तुहरू पैठारी गर्नका लागि मात्र यो सङ्क्षिप्त प्रज्ञापनपत्र प्रयोग गर्न सकिनेछ ।
४. यो सङ्क्षिप्त प्रज्ञापनपत्र दुई प्रति भरेर पेश गर्नु पर्नेछ ।